डिआईजी चतुर्वेदीले सम्हाले मधेस प्रदेश प्रहरीको कमाण्ड

सिरहा । प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले मधेश प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् ।

तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदीलाई जिम्मेवारी दिइएको हो ।

डिआईजी चतुर्वेदीले जनकपुर पुगेर बिहिवार देखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक चतुर्वेदीले मधेस प्रदेशको वस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका थिए ।

कार्यक्रममा बोल्दै उनले कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरूलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडित मैत्री सहज र द्रुत प्रहरी सेवा, सुशासन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक अनुशासन, लागू औषध तथा तस्करी नियन्त्रण, जुवा तास जस्ता गैर कानुनी क्रियाकलापहरू विरुद्ध शून्य सहनशीलताका साथ चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढङ्गले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिएका थिए ।

मधेस प्रदेश अति संवेदनशिल प्रदेश हो । त्यसैले प्रहरीभित्र अब्बल कमाण्ड क्षमता भएका चतुर्वेदीलाई गृहमन्त्री रमेश लेखक र संगठन प्रमुख दिपक थापाले मधेस प्रदेशको जिम्मेवारी दिएर पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..