ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

लहान । सिराहाको सीमावर्ती क्षेत्रमा होटेल तथा मदिरा पसल सञ्चालन गर्दै आएका भारतीय नागरिक प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेका छन्।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने सिराहा नगरपालिका–१७, खैटोकामा अजय होटेल तथा मदिरा पसल सञ्चालन गरिरहेका भारतीय नागरिक करिब ३५ वर्षीय धर्मेन्द्र यादवलाई ५ ग्राम ४ सय ८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारत बिहारको मधुवनी जिल्ला कमलाकारी ग्राम पञ्चायत घर भएका यादवलाई विशेष सूचनाका आधारमा खैटोकास्थित होटेलबाट ब्राउनसुगरसहित पक्राउ गरिएको हो।

माडरस्थित इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको संयुक्त टोलीले पसलमा खानतलासी गर्दा खाली बियरको कार्टुनपछाडि लुकाएको अवस्थामा ब्राउनसुगर बरामद गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

उनका अनुसार ब्राउनसुगरसहित पक्राउ गरिएका यादवलाई आइतबारदेखि लागू हुने गरी सिराहा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..