प्रधानमन्त्री ओली, देउवा र दाहाल आज एउटै मञ्चमा हुने

काठमाडौं । प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का नेतृत्वहरु आज एउटै मञ्चमा भेला हुने भएका छन् । रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहमा सभागी हुन तीनै शीर्ष नेता आज एक ठाउँमा भेला हुने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतमा आयोजना हुने उक्त समारोहमा शीर्ष नेताले शुभकामना दिने तय भएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले शुभकामना मन्तव्य एवम् आफ्नो धारणा राख्ने तय भएको क्लबका सभापति ऋषि धमलाले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अहिले सिन्धुली पुगेका छन् । सिन्धुलीको कार्यक्रम सकेर उनी सिधै राष्ट्रियसभा गृहमा पुग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..