पूर्व आईजिपी सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक ( आईजिपी ) धिरज प्रताप सिंहले नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

पूर्वमहानिरीक्षक सिंहले आईजीपी थापालाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएकोमा बधाई दिँदै सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा संस्थागत सुधारका लागि सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका हुन्।

नेपाल प्रहरीका वरिष्ठ अधिकारीका रूपमा लामो अनुभव हासिल गरेका थापाले नेतृत्व सम्हालेपछि प्रहरी संगठनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

नेपाल प्रहरी पुलिस क्लब भिर्कुटीमण्डपमा आज आयोजित एक कार्यक्रममा उहाँले बधाई तथा शुभकामना दिनुभएको हो ।

नेपाल प्रहरीका आईजीपी वसन्त कुँवरको अवकाशपछि २०८१ चैत ४ गतेकाे सरकारको निर्णयअनुसार प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..