प्रधानमन्त्रीले बिद्युत नकाटन भन्दै निर्देशन दिनु भएको थियो, त्यसरी नै बिजुलीको बक्यौता उठाउन पनि निर्देशन दिनूस् : सांसद ढकाल

काठमाडौं । प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न दिएका छन् ।

सभामुख घिमिरेले आकस्मिक समयमा एउटै बिषय मात्रै बोल्नु पाउनु पर्ने नियम भएको भन्दै थप बोल्न नदिए पछि रास्वपाले उठेर बिरोध जनाएको थियो । त्यसमा प्रतिपक्ष कित्तामा रहेको राप्रपाले पनि रास्वपालाई समर्थन जनाएको थियो ।

त्यस क्रममा सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए । उनले सांसद हरि ढकालले विद्युत् महसुलको विषय उठाउने बित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए ।

त्यसपछि रास्वपा सांसद उठेर होहल्ला गरिरहे । रास्वपा सांसदले अवरोध गरेपछि सत्तारुढ दलका सांसद रघुजी पन्त र ठाकुर गैरे उठेर बोल्न खोजे पनि सभामुखले समय दिएनन् । त्यसपछि सभामुख घिमिरेले पुनः ढकाललाई बोल्न समय दिए ।

त्यसपछि ढकालले बिजुलीको महसुल उठाउन प्रधानमन्त्रीले निर्देशन दिन आग्रह गरे । उनले भ्रष्टाचारसम्बन्धी संसद्मा उठाउन लाग्दा प्रतिपक्षमाथि समय नदिएर दबाउन खोजिएको बताए ।

ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले बिधुत महशुल बक्यौताका बारेमा धारणा राखेका थिए । ‘प्रधानमन्त्रीज्युले जसरी बिद्युत नकाटन भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै बिधुत महशुल उठाउन पनि निर्देशन दिनु परयो’ उनले भने ।

बिद्युत प्राधिकरणले २२ अर्ब मध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सिमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग पनि रास्वपाले राखेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..