विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ ।

निरीक्षण प्रश्चात जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित सिमावर्ति इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई प्रदेश प्रहरी प्रमुख घिमिरेले आवश्यक निर्देशन समेत दिनुभएको छ ।
निर्देशनको क्रममा वँहाले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई त्रुटी रहित तवरले कार्य गर्न साथै कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।


