नेपाल प्रहरी श्रीमती सङ्घद्वारा निःशुल्क स्वास्थ्य शिविर

चितवन । नेपाल प्रहरी श्रीमती संघको आयोजना निःशुल्क स्वास्थ्य शिविरको गरिएको छ । नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले उद्घाटन गरेकी थिइन् ।

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा कलेज अफ मेडिकल साईन्सेज भरतपुर चितवनको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यतामा संघकी सह-कोषाध्यक्ष श्रीमती कमला खनाल अन्य पदाधिकारीहरु जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की, कलेज अफ मेडिकल साईन्सेजका कार्यकारी प्रमुख,स्थानिय समाजसेवी, जनप्रतिनिधीहरु लगायत अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरु समेतको उपस्थितीमा सम्पन्न भएको उक्त स्वास्थ्य शिविरमा प्रहरी कर्मचारीहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले ड्युटीमा खटिने प्रहरीहरुको स्वास्थ्यमा समस्या नहोस् भनेर सहकार्य गरेर शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले प्रहरी श्रीमती संघले स्वास्थ्य र बालबालिको शिक्षा क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

उक्त स्वास्थ शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, दाँत, जनरल मेडिसिन, स्त्री रोग, फोक्सो सम्बन्धी रोगहरुको बिशेषज्ञ डाक्टरहरुबाट चेकजाँच गरिएको छ । शिविरमा भिडियो एक्सरे, ईसीजीसहित बिभिन्न किसिमका ल्याव टेस्टको समेत सुबिधा निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..