पीएम कप क्रिकेट: बागमतीले दियो साविक विजेता सुदूरपश्चिमलाई ८८ रनको विजयी लक्ष्य

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा बागमती प्रदेशले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन जोडेको हो । उसका लागि कञ्चन श्रेष्ठले १९, हेलिसा गुरुङले १६, सोनी पाख्रिनले १३ तथा सलिना सिmवालले १० रन थपिन् ।

बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउद र कविता जोशीले समान १ विकेट लिइन् । तीन खेलमा समान २ मा जित र एकमा हार भोगेका दुबै टिम क्रमस तेस्रो र चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..