राष्ट्रपतिका लागि पौडेल सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार : देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफूमाथि लागेको आरोप निवारण भएको बताएका छन्।

आठ दलीय गठबन्धनका संघीय सांसदहरुका लागि आज (बिहीबार) काठमाडौंमा भएको अभिमुखीकरण कार्यक्रममा आठ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा बोल्ने क्रममा देउवाले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको बताएका हुन्।

‘रामचन्द्रजीलाई मैले कुनै भूमिका नदिएको भन्ने आरोप लाग्दै आएको थियो होला, अब राष्ट्रपति बनाउँदैछौं,’ उनले भने, ‘उहाँ धेरै पहिलेदेखि मेरो साथी हो। लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुःख पाउनुभएको छ। मलाई उहाँबारे सोच्दा खटपट भइरहन्थ्यो। त्यसकारण अहिले उहाँलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेका हौं। यो अत्यन्तै महत्त्वपूर्ण घडीमा उहाँलाई अघि सारेका हौं।’

अहिले राष्ट्रपतिका लागि पौडेल सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार रहेको उनले बताए। पौडेललाई निर्वाचित गर्दा विगतमा जस्तो संविधान च्यात्ने जोखिम नहुने उनको भनाइ थियो।  ‘विगतमा हामीले राष्ट्रपतिको विषयमा निकै नमिठो अनुभव सँगाल्यौं,’ उनले भने, ‘तर अब रामचन्द्रजीलाई राष्ट्रपति बनाएपछि त्यस्तो जोखिम रहँदैन।’

राष्ट्रपतिमा निर्वाचित भएर पौडेलले संविधानको पालना गरी लोकतन्त्रप्रतिको आस्था जगाउने काममा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..