सशस्त्रका ९७ एसपीको सरुवा,एसपी प्रमोद कुमार भारती सिराहा आउदै

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)का ९७ जना एसपीको सरूवा भएको छ । सशस्त्र प्रहरी बल ,नेपाल नं. ७ गण हे क्वा सिराहाका सशस्त्र प्रहरी प्रमुखमा एसपी प्रमोद कुमार भारती आउने भएका छन्।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले बिहीबार ९७ जना एसपीको सरूवा गरेको एपिएफका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिए ।

गत कात्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो । अहिले सोहीअनुसार एसपीको सरूवा भएको हो ।

सरूवामा एकपटक पनि कमान्डको जिम्मेवारी प्राप्त नगरेका एसपीलाई पहिलो प्राथमिकतका कार्यालयमा सरूवा गरिएको छ । रिजर्भ गण र तालिम शिक्षालयहरूमा कमाण्ड गरेका एसपीलाई दोस्रो प्राथमिकतामा राखेर सरूवा गरेको प्रधान कार्यालयले जनाएको छ ।

सरूवा पूर्वानुमान सूचीका मुख्य उम्मेदवार रहेका तर विभिन्न स्वदेश तथा विदेशमा तालिमरत र संगठनको आवश्यकताले महत्वपूर्ण जिम्मेवारीमा खटाएका एसपीहरूलाई भने आगामी सूचीमा समावेश गरी खटाउने तयारी छ । ती एसपीको हाल सरूवा नगरिएको एपिएफले जनाएको छ ।

नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका एसपी राजेश उप्रेतीको प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरूवा भएको छ ।

यस्तै, भरत खनियाको एपिएफ नम्बर १० गण सर्लाहीबाट मुक्तसनाथ बाहिनी मुख्यालय कास्कीमा सरूवा गरिएको छ भने नम्बर ११ गण हेडक्वार्टर रौतहटका ध्रुवबहादुर कार्कीको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा सरूवा भएका छन् ।

यस्तै, २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका रमेशकुमार पाण्डे एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीका तिर्थराज पौडेलको ६ नम्बर गण हेडक्वार्टर सप्तरी, एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंका रविनराज कर्णनितको युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरूवा भएको हो ।

युएन शान्ति स्थापना शिक्षालय ककनीका विर सिंह शाहूको नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बवबेहडा कैलालीमा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका जनक पुरीको एपिएफ हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सरूवा भएको हो ।

यसैगरी नेत्रबहादुर कार्कीको नम्बर १४ गण हेडक्वार्टर मकवानपुरबाट एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा सरूवा भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..