सत्ता गठबन्धनबाट सभामुखमा एमालेका घिमिरे उम्मेदवार

काठमाडौं । सत्तासाझेदार दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुखमा उम्मेदवार बन्ने भएका छन् । सरकारमा सहभागी दलहरु नेकपा माओवादी, एमाले, रास्वपा र राप्रपाबीच भएको सहमतिअनुसार घिमिरे सभामुखको उम्मेदवार हुने भएका हुन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच प्रधानमन्त्री र सभामुखको ५ वर्षे कार्यकाल आलोपालो गर्ने सहमति भएको थियो ।

भोलि हुने सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । संघीय संसद सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।

मंगलबार सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको हो । सभामुख चयन सकिएलगत्तै माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ । उम्मेदवारहरुको मनोनयन सकिएपछि सवा ४ बजे उम्मेदवारहरुको नामावली प्रकाशन हुनेछ । सचिवालयमा प्राप्त भएका प्रस्तावहरु बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् र भोलि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

पेश गरिएको प्रस्तावमा बैठकमा समर्थन गर्ने दलका तर्फबाट सदस्यहरुले समर्थन गर्ने दलका तर्फबाट सदस्यहरुले समर्थन गर्नेछन । छलफलपछि निर्वाचनको प्रक्रिया सुरु हुनेछ । एकमात्र प्रस्ताव परेको अवस्थामा सभामुख चयन निर्विरोध हुनेछ ।

कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्छ । सत्तागठबन्धनको भागवण्डामा सभामुख पद नेकपा एमालेको भागमा परेको छ । एमालेले देवराज घिमिरेलाई अघि सार्ने भएको छ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने भनेपनि उम्मेदवार भने टुंगो लगाएको छैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..