नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको आज निर्वाचन हुँदैछ । दलको नेता चयन गर्न बिहान ८ देखि १० बजेसम्म मतदान हुने कार्यतालिका छ ।

दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।

संस्थापनइतर समूहले महामन्त्री थापालाई साझा उम्मेदवार बनाएसँगै दलको नेताका लागि देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।

सभापति देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल रहेका छन् भने उपसभापति पूर्णबहादुर खड्का समर्थक रहेका छन् ।

थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल रहेका छन् ।

कांग्रेस संसदीय दलमा ८९ जना मतदाता रहेका छन् । दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..