काँग्रेस नेता गच्छदारले भेटे रेशम चौधरीलाई


काठमाडौँ । नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ ।

गच्छदारले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको पाएको बताए । उनले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताए ।उनले थारू छोरालाई जेलमा कोचेको भन्दै सरकारसँग आपत्तिसमेत जनाए ।

उनले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताएका थिए । त्यसका लागि माइतीघर मण्डलामा धर्नामा बस्न आफू तयार रहेको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..