
चितवन । कम्युटर एशोसियसन नेपाल महासंंघ, (क्यान) चितवनको अधयक्षमा टेकलाल भुषाल चयन हुनुभएको छ । क्यान चितवनको आज शनिबार भरतपुरमा भएको १७ औं साधारणसभा तथा ८ औं अधिवेशनले भुषाललाई सर्वसम्मत चयन गरेको हो । एशोसियनको उपाध्यक्षमा दिलिपकुमार तामाङ्ग, कोषाध्यक्षमा रुपक नेपाल,सचिवमा कृष्ण पोख्रेल र सहसचिवमा अनिता भुषाल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा विनोद सापकोटा, असिम ढुंगाना, प्रदिप महत्तो, तारानाथ बराल, लक्ष्मी रिमाल पौडेल, अजय गौतम र लीलानाथ भुषाल चयन हुनुभएको हो ।
अधिवेशनको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि चुननारायण श्रेष्ठले क्यान चितवनले वस्तुगत संघ मार्फत सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताउनु भयो । आर्थिक हब बनाउनको लागि सूचना प्रविधिको भूमिका उत्तिकै महत्वपूर्ण भएको बताउंँदै उहांंँले चितवनलाई सूचना प्रविधिको हब बनाउनुपर्नेमा जोड दिनुभयो । हालका दिनहरुमा हरेक व्यवसायिक क्षेत्र तरलता अभाव , चर्को व्याज र महंगीको मारमा परेको भन्दै उहांँले सरकारले राष्ट्रबैंकको चालुपुंँजी कर्जा मार्गनिर्देशनलाई शंशोधन गर्नुपर्ने बताउनु भयो ।


क्यानका केन्द्रिय उपाध्यक्ष कुशल रेग्मीले क्यानले ७७ वटै जिल्ला र सातवटै प्रदेशमा शाखा विस्तार गरिसकेकोे जानकारी दिनुभयो । क्यानले सूचना प्रविधिको क्षेत्रमा सरकारको नीति निर्माणमा सहकार्य गर्दै आएको भन्दै रेग्मीले डिजीटल नेपाल र स्मार्ट सिटीको अवधारणमा क्यान अघि बढेको बताउनु भयो । क्यानले अन्तरराष्ट्रिय सरोकारवाला संस्थासंँग पनि सहकार्य गर्दै आएको बताउंँदै उहांँले जिल्लाका शाखाहरुको स्तोरन्नतीमा जुनुसकुै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
क्यानका केन्द्रिय सदस्य भानु शर्माले सूचना प्रविधि व्यवस्थित र व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो । व्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको भन्दै शर्माले व्यवसायीहरुमा एकता र मुल्यमा एकरुपता हुनुपर्ने बताउनु भयो । क्यानले हार्डवेयर क्षेत्रको साथै कम्युटर सफ्टवेयर र नेटवर्किङ्ग क्षेत्रलाई पनि समेट्दै लग्नु पर्ने बताउनु भयो । चितवन सबै क्षेत्रको हब भएको हुंँदा सूचना प्रविधिको हब बनाउनु पर्ने उहांँको धारणा थियो ।
कार्यक्रमका अध्यक्ष तथा निवर्तमान अध्यक्ष सन्तोषजनक भुषालले नयांँ कार्यसिमितिले अझ शशक्त र प्रभावकारी रुपमा काम गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । कोभिडको समयमा व्यवसायीलाई विमा र अन्य सामाजिक कार्य गर्दै आएको भन्दै उहांँले संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि संँगै लैजान आग्रह गर्नुभयो । क्यान चितवनमा १५३ जना सदस्य आवद्ध हुनुहुन्छ । क्यानको कार्यकाल दुईबर्षको हुनेछ ।