सीमा नाकामा निगरानी बढाउदै सशस्त्र प्रहरी,अवैध सामान धमाधम बरामद


नवलपरासी । निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हाे ।

निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्तीलाई बढाएको सशस्त्र प्रहरी बल नवलपरासीका डिएसपी केशव राज थापाले जानकारी दिनुभयाे। भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँग जोडिएको जिल्लाको सीमा क्षेत्र २८ किलाेमिटर लामो रहेकाे छ ।


अहिले सुरक्षा निकायको ध्यान बढी निर्वाचनमै केन्द्रित हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको छ । २६ नंं. हेडक्वाटर मातहतमा ५ वटा बिओपी र २ वटा सुरक्षा बेस क्याम्प रहेकाे डिएसपी थापाले बताउनुभयाे ।

निर्वाचन नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाई अपराधिक गतिविधि नियन्त्रण गर्न हप्ता दिनअघि रुपन्देही, नवलपरासी, कपिलवस्तुका सुरक्षा प्रमुख र सीमा क्षेत्रका भारतीय सुरक्षा प्रमुखहरुको बैठक समेत बसेको थियो । बैठकपछि अहिले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई पनि तीव्रता दिएपछि अवैध रुपमा ल्याउँदै गरेका सामान समेत धमाधम बरामद हुन थालेको छ ।


बरामद भएका समानमा चिनी, कपडा, मोबाइल र इलोक्ट्रोनिक लगायतका रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..