सशस्त्र प्रहरीका चार एसपीको काज सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना चार जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज ३१ गतेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा काज सरुवा गरेका हुन् ।

सशस्त्रको नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय, ककनी नुवाकोटमा कार्यरत एसपी तीर्थराज पौडेललाई नम्बर ६ गण हेडक्वार्टर सप्तरीमा र साे गणमा कार्यरत एसपी प्रदीप खड्कालाई यूएन शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा पुर्‍याइएको छ ।

त्यसैगरी एसपी रमेशविक्रम शाहीलाई सशस्त्रको मुख्यालयस्थित मानवस्रोत विभागबाट कैलालीस्थित नम्बर ७, वैद्यनाथ बाहिनी मुख्यालय लगिएको छ । अर्का एसपी डम्बरबहादुर विष्टलाई सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेबाट नम्बर ४४ गण हेड क्वार्टर, दार्चुला पुुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..