सशस्त्र प्रहरीका चार एसपीको काज सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना चार जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज ३१ गतेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा काज सरुवा गरेका हुन् ।

सशस्त्रको नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय, ककनी नुवाकोटमा कार्यरत एसपी तीर्थराज पौडेललाई नम्बर ६ गण हेडक्वार्टर सप्तरीमा र साे गणमा कार्यरत एसपी प्रदीप खड्कालाई यूएन शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा पुर्‍याइएको छ ।
।

त्यसैगरी एसपी रमेशविक्रम शाहीलाई सशस्त्रको मुख्यालयस्थित मानवस्रोत विभागबाट कैलालीस्थित नम्बर ७, वैद्यनाथ बाहिनी मुख्यालय लगिएको छ । अर्का एसपी डम्बरबहादुर विष्टलाई सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेबाट नम्बर ४४ गण हेड क्वार्टर, दार्चुला पुुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..