दुई ट्रकबाट ३३ लाख बढीको चिनी बरामद

नवलपरासी । सशस्त्र प्रहरी बल नवलपरासीले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ३३ लाख बढीको चिनीसहित २ ट्रक पक्राउ गरेको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले बुधवार बिहान दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो।ट्रकमा चिनी बोकेर लैजादै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो।

प्रतापपुर गाउँपालिका २ बाट ना ६ ख २१९७ नम्बरको ट्रकमा रहेको ४२० बोरा र रामग्राम नगरपालिका-५ स्थित परासी-भैरहवा हुलाकी मार्गबाट लु १ ख ९८७१ नम्बरको ट्रकमा रहेको ४२० बोरा गरी कुल ८ सय ४० बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ हेड क्वाटर नवलपरासीका सूचना अधिकारी डीएसपी केशवराज थापाले जानकारी दिए।

कुल ४२ हजार किलो चिनीको मूल्य करिब ३३ लाख ६० हजार रहेको छ। अवैध कारोबारमा संलग्न ट्रक र चिनीको कुल मूल्य ९० लाख कायम गरिएको डीएसपी थापाले बताए।बरामद चिनी र ट्रकलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। पछिल्लो पटक जिल्लाका सीमा नाकाबाट अवैधरुपमा चिनी र कपडाको तस्करी बढेपछि सशस्त्र प्रहरीले पैदल र सवारी साधनको गस्ती बढाएर नियन्त्रणको प्रयास गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..