सशस्त्रका ६ डीआईजी र एक एसएसपीको काज सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सातजना नायब महानिरीक्षक (डीआईजी) र एकजना वरिष्ठ उपरीक्षकको काज सरुवा गरेको छ । बलले बाहिनीपतिहरु हेरफेरगर्दै विभागमा काज सरुवा गरेको हो ।

सरुवा अनुसार १ नम्बर बराह बाहिनी सुनसरीमा दरबन्दी रही हाल उपत्यकाको इन्चार्ज रहेका बंशीराज दाहाललाई सीमा सुरक्षा विभागको प्रमुख बनाइएको छ । सरकारले केहीदिन अघि मात्र एउटा एआईजीको दरबन्दी थप्दै सीमा विभाग पूर्नगठन गरेको थियो ।


उनका प्रतिस्पर्धी रहेका ५ नम्बर बिन्धवासिनी बाहिनी मुख्यालय चन्द्रौटाबाट चितवनको भण्डारामा कार्यरत किशोर प्रधानलाई कार्य विभागमा काज सरुवा गरिएको छ ।यस्तै डीआईजी अभिकुमार खत्रीलाई ६ नम्बर बाहिनी महेश्वरी मुख्यालय सुर्खेतबाट मानव स्रोत विभागमा लगिएको छ । कमाण्ड तथा स्टाफ कलेजका कुमार न्यौपानेको ९ नम्बर पशुपति बाहिनी मुख्यालय काठमाडौँमा काज सरुवा भएको छ ।

डीआईजी विदुर खड्कालाई प्रशिक्षण प्रतिष्ठानबाट बिन्धवासीनी बाहिनी मुख्यालय रुपन्देही र ७ नम्बर बैधनाथ बाहिनी मुख्यालयमा रहेका लक्ष्मणबहादुर सिंहलाई गढीमाई बाहिनी मुख्यालयमा काज सरुवा गरिएको छ ।

गढीमाईमा कार्यरत प्रदिपकुमार पाल महेश्वरी बाहिनी मुख्यालय सुर्खेत काज सरुवा भएका छन् ।यस्तै बलको मानव स्रोत विभागमा रहेका एसएसपी मनिष थापाको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा काज सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..