नेपाल भारत सीमा बैठक बुधबारबाट, सीमा सुरक्षाको बारेमा छलफल हुने

काठमाडौं । नेपाल र भारत सीमा सुरक्षा सम्बन्धी ३ दिने बैठक बुधबारबाट काठमाडौंमा सुरु हुने भएको छ । बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा सशस्त्र बलका प्रमुखले आ आफ्नो देशको प्रतिनिधमण्डलको नेतृत्व गर्ने छन् ।

बैठकमा नेपालको सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र भारतकोतर्फबाट सीमा सुरक्षा सशस्त्र बलका महानिर्देशक सुजोय लाल थाओसेनको सहभागिता रहने छ । बैठक सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र तालिम आदानप्रदानमा केन्द्रीत हुने बताइएको छ ।

प्रत्येक वर्ष आलोपालो बैठकको आयोजना हुने गरेको छ । यसअघि गत असोजमा भारतको नयाँ दिल्लीमा सीमा बैठक आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..