नेपाल भारत सीमा बैठक बुधबारबाट, सीमा सुरक्षाको बारेमा छलफल हुने

काठमाडौं । नेपाल र भारत सीमा सुरक्षा सम्बन्धी ३ दिने बैठक बुधबारबाट काठमाडौंमा सुरु हुने भएको छ । बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा सशस्त्र बलका प्रमुखले आ आफ्नो देशको प्रतिनिधमण्डलको नेतृत्व गर्ने छन् ।

बैठकमा नेपालको सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र भारतकोतर्फबाट सीमा सुरक्षा सशस्त्र बलका महानिर्देशक सुजोय लाल थाओसेनको सहभागिता रहने छ । बैठक सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र तालिम आदानप्रदानमा केन्द्रीत हुने बताइएको छ ।

प्रत्येक वर्ष आलोपालो बैठकको आयोजना हुने गरेको छ । यसअघि गत असोजमा भारतको नयाँ दिल्लीमा सीमा बैठक आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..