एक्सनमा एसपी थापा : सिरहामा ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद

सिराहा । सशस्त्र प्रहरी बल गण नं.७ सिराहाले ठुलो मात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । सशस्त्र प्रहरीले चर्ड पर्वलाई लक्षित गर्दै नेपाल भारत सिमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा बनाउने सशस्त्र प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

भारतबाट नेपाल ल्याउदै गरेको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ सिरहाबाट खटिएको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गण नं.७ सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक ( एसपी ) रमेश कुमार थापाको निर्देशनमा सिरहा नगरपालिका वडा नम्बर -६ वसविट्टाको कमला किनारबाट ठूलो मात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको हो ।

धनुषा–सिरहाको सिमानामा पर्ने कमला नदी हुँदै सिरहाको वसविट्टासम्म पटाका लिएर पुगेकाले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाले जनाएको छ । बरामद भएको पटाका करिब २ लाख मूल्य बराबरको रहेको र त्यसलाई समाजसेवि,नागरिकसमाज, नेपाल प्रहरीका प्रतिनिधि,पत्रकारको रोहबरमा सशस्त्र प्रहरीले खाल्डोमा पुरेर नष्ट गरिएको हो ।

सशस्त्र प्रहरीले चाडपर्वको मुखमा विभिन्न घटनाबाट बच्न सबै सरोकारवाला निकायलाई सजग गराउँदै सर्तकता अपनाउन आग्रह गर्दै सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि महत्व दिएको सशस्त्र प्रहरी बल नेपाल,गण नं .७ हे.क्वा. सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाले जानकारी दिए ।

चाडपर्वमा थप सिमानाकामा निगरानी बढाउदै तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण सशस्त्र प्रहरीको प्राथमिकतामा रहेको एसपी थापाले बताए । त्यस्तै जुवा, तास लगायत गैह्र कानुनी खेलहरु र शान्ति भड्काउनेसमूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने उनले बताए ।

शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रणमा समेत विशेष निगरानी थालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

आईजिपी सिंहबाट बडा दसैं मौलो पूजा सम्पन्न

आईजिपी सिंहबाट बडा दसैं मौलो पूजा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजिपी ) धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना..