सशस्त्र प्रहरीद्वारा नक्कली नोटको नमुना कागजसहित एक पक्राउ

सर्लाही। सशस्त्र प्रहरी बल सर्लाहीले जिल्लाको सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नक्कली नोटको नमुना कागज बरामद गरेको छ । शुक्रबार नेपाल–भारत सीमावर्ती क्षेत्र सिमरा भगवतीपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद् गरेको हो ।

गोडैता नगरपालिका–३, सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र प्रहरीको टोलीले नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको सशस्त्र प्रहरी १० गणका गणपति एसपी भरत खनियाले बताए ।

सीमा सुरक्षा बेस (बिओपी) बहादुरपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक विद्याभुषण झाको नेतृत्वमा खटिएको टोलीले नक्कली नोट बनाउने कागजसहित नुवाकोट साविक ककनी गाविस वडा नम्बर–५, निवासी ३२ बर्षका हिरामान लामा रहेको प्रहरीले जनाएको छ । लामाले ठेगाना भने काठमाडौ‌ महानगरपालिका–२६ बताएका छन् ।


लामा सवार रातो रंगको स्कार्पियोको डिक्की खोलेर श‌ङ्कास्पद कार्टुन झिकेर चेक गर्न लाग्दा फरार भएको प्रहरीले जनाएको छ । स्कारपियो र चालकको समेत खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक खनियाले जानकारी दिए ।
प्रहरीका अनुसार गाडीको डिक्कीबाट बरामद शङ्कास्पद कार्टुनमा प्याक गरेको अवस्थामा सय दरका नक्कली नोटको नमुना कागज ६९ गढ्ढी र नगद ४० हजार बरामद भएको हो ।

पक्राउ परेका लामाको साथबाट प्रहरीले १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको चेक एक थान, ग्लोबल आईएमई बैँकको चेक एक थान, पासपोर्ट एक थान, बिलबुक एक थान, मोबाइल एक थान, दुई थान एटिएम कार्ड र नागरिकता समेत बरामद् गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..