स्वास्थ्यमा खरिद गरिएको औषधीकाे भ्रष्टाचारमा अख्तियार माैन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुछका लागि पत्र काटेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आपूर्ति ब्यवस्थापन केन्द्रले उपकरण र औषधि खरिदका क्रममा करोडौं घोटाला भएको तथ्य फेलापरेको छ ।

कोभिड–१९ को समयमा ओम्नी समूहले स्वास्थ्य सामग्री खरिदका क्रममा गरेको घोटाला भन्दा ठूलो घोटाला गएको आर्थिक बर्षमा स्वास्थ्य सामग्री खरिदमा भएको छ । यसैहप्ता मिडियामा स्वास्थ्य सामग्री (उपकरण र औषधि) खरिदमा भएको ठूलो घोटालाबारे समाचार आएपछि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले आपूर्ति ब्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियालाई उपस्थित हुनका लागि पत्र पठाएका छन् ।


औषधि खरिद लगायतमा अनियमितता गरेको भन्दै वास्तविकताका सम्बन्धमा सोधपुध गर्न मन्त्रालय उपस्थित हुनका लागि डा चौरसियालाई पत्र काटिएको हो। पत्रमा डा चौरसियाले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाखको लेनदेनको सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको विषय उल्लेख गरिएको छ। यस्तै, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको तथा ०.५ प्रतिशत कमिसन लिने गरेको भन्ने विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएकोप्रति राज्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ।

दस अर्ब रुपैयाँको उपकरण तथा औषधि खरिदमा ५ करोड घुस लिएकोबारेमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसीले चौरसियालाई उपस्थित हुन पूर्जी काटेका थिए । तर आपूर्ति शाखाले लागत स्टीमेट नै कम्पनीको दररेट भन्दा चार गुणा बढाएर बनाइएको फेलापरेको छ । बिशाल पण्डितको हस्पिटेकबाट लिइएका उपकरणहरुको केही बिबरण प्राप्त भएको छ । पण्डितको हस्पिटेकबाट ७३ करोडको स्वास्थ्य सामग्री आपूर्ति गर्दा कम्पनीको दररेट भन्दा ४१ करोड महँगो दरमा लिइएको छ ।

२० प्रतिशत मुनाफा लिन पाउने प्रचलित कानुनमा ब्यवस्था भए पनि त्यो भन्दा बढी लिनेलाई कालोबजारी ऐन अनुसार कारबाही गरिने र भ्रष्टाचार मानिने ब्यवस्था छ । तर आपूर्ति शाखाले हस्पिटेकबाट उत्पादन मूल्यभन्दा ३ सय गुणा बढीमा उपकरण खरिद गरेको तथ्य प्राप्त भएको छ । स्रोतका अनुसार पोर्टबेल अल्ट्रासाउन्ड १७८ वटा खरिद गर्दा कम्पनी मूल्य जम्माजम्मी ८ करोड पर्नेमा २८ करोडमा खरिद गरिएको छ । डीआर एक्सरे मेसिन ९ वटाको कम्पनी मूल्य ६ करोड ७५ लाख पर्नेमा १३ करोड ५० लाखमा खरिद गरेको आपूर्ति शाखाले एफडी एक्सरे मेसिन १३ वटाको ३ करोड ९० लाख कम्पनी मूल्य भए पनि ६ करोड ८० लाखमा हस्पिटेकसँग लिएको छ ।


त्यसैगरी हेमोडायलासिस मेसिन १३० वटाको कम्पनी मूल्य ११ करोड ७० लाख हुन आउँछ । जसलाई २० करोड ८० लाखमा खर्च गरिएको छ । पल्स अक्सिमिटर १ हजार थानको ४५ लाख कम्पनी मूल्य रहेको छ । जसलाई १ करोड ६० लाखमा खरिद गरिएको छ । बीपी सेट १ हजार थान खरिदमा कम्पनी मूल्य २५ लाख पर्ने भएता पनि ९० लाख रुपैयाँमा किनिएको छ ।

१० अर्बको बजेटमा ७३ करोडको विवरण मात्र हो । बाँकी ९ अर्बको स्वास्थ्य सामग्री खरिदमा पनि आपूर्ति शाखाबाट यही शैलीमा घोटाला गरिएकाले सरोकारवाला निकायले छानबिन गरेमा ओम्नीप्रकरण भन्दा अरबकै अंकंमा भ्रष्टाचार फेलापर्ने स्वास्थ्यका अधिकारी बताउँछन् । आपूर्ति ब्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया दोस्रो पटक त्यहाँ गएका हुन् । उपकरण र औषधि आपूर्तिकर्ता विशाल पण्डित र पोष्टराज ज्ञवालीले पूर्वमन्त्री बिरोध खतिवडासँग सेटिङ गरी उनलाई आपूर्ति शाखाको प्रमुख बनाएका हुन् । उनले आपूर्ति शाखाको प्रमुख भइसकेपछि पण्डितको हस्पिटेक इन्टरप्राइजेज र ज्ञवालीको लुम्बिनी हेल्थ केयरसँग मात्र ८० प्रतिशत स्वास्थ्य सामग्री खरिद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश..