तीस किलो गाँजा सशस्त्र प्रहरीको नियन्त्रणमा

महोत्तरी । सशस्त्र प्रहरी बलले महोत्तरीमा तिस किलो गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा बिओपी जलेश्वर र बिओपी मरुवाहीका सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाही र सञ्वीवकुमार मगरदैता सहितको कमान्डमा खटिएको सन्युक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । 

गाँजा तस्करी हुने सूचना पाएपछि संयुक्त टोली मंगलबार राति नै जलेश्वर नगरपालिका– ७ अंकारस्थित तस्करी हुने सम्भावित स्थलमा लुकिछिपी ड्युटी गरिरहेका थिए । सोही अवस्थामा बुधबारको मध्यरात गाँजा बोकेका तीनजनाको समूहमा आएका अज्ञात व्यक्तिहरू सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ भागेका थिए ।

तस्कर भाग्न सफल भए पनि उनीहरूसँग रहेको केही दस्ताबेज र तयारी गाँजा भने सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बरामद गाँजा र दस्ताबेजहरू आवश्यक कारबाही र अनुसन्धानका लागि सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..