लागुऔषधसहित बाँकेमा एक जना पक्राउ


बाँके । सशस्त्र प्रहरीले नेपालगञ्ज भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरीको जमुनाहा बिओपीबाट भन्सार कार्यालयको अगडि चेक प्वाइन्टमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक बहादुर मगर कमान्डको टोलीले आज बिहान ६ बजे भारतको रुपईडिहाबाट नेपालगञ्ज आउँदै गरेका नेपालगञ्ज १८ का २७ बर्षीय सुदिप महतरालाई ब्राउनसुगर र विभिन्न लागूऔषधसहित नेपालगञ्ज १६ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको सशस्त्र प्रहरी बिओपी जमुनाहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिएका छन् ।

शंकास्पद तरिकाले नेपालगञ्जतर्फ आउँदै गरेका महतरालाई सशस्त्र प्रहरीको चेक जाँचका क्रम उनले बोकेको झोलाबाट १ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, इन्जेक्सनबाट दिइने तरल पदार्थ ४ सिसी, नगद ६६१० रुपैयाँ, नागरिकता, पासपोर्ट र एक थान मोबाइल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए ।

बरामद गरिएका लागुऔषध र पक्राउ परेका महतरालाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको बुढाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..