स्रोत नखुलेको ८३ लाख ६४ हजार रूपैयाँसहित सशस्त्र प्रहरीद्वारा धनुषाबाट दुईजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वास्थित सीमा इलाकाबाट स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।

सोहि गाउँपालिका–५ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय जनक मण्डललाई मंगलबार दिउँसो सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) इनर्वाबाट इन्स्पेक्टर शम्भु कटुवालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

भारतबाट आलुको बोरा बोकी नेपालतर्फ आउँदै गरेको ज७प ५००७ नम्बरको टरसाइकललाई रोकी जाँच गर्दा स्रोत नखुलेको १ हजारको को ७०० थान, ५ सयको २६९९ थान, १ सयको १०० थान र ५० को १०० थान गरी जम्मा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ उनीहरुको साथबाट फेला परेको थियो ।

बरामद भएको उक्त नगद तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाउने प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..