दुबै प्रहरीको सेटिङमा खुलेयाम तस्करी


कलैया । नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका स्थानीय कार्यालय प्रमुखहरूकाे सेटिङ र संरक्षणमा झरओखर नाकाबाट ठूलो मात्रामा कपडाको तस्करी शुरू भएको छ। नेपाल प्रहरीका कचर्वा स्थित प्रहरी चाैकीका असई ललन प्रसाद पटेल र सशस्त्र प्रहरी बलकाे झरओखर स्थित बिओपीका असई अरूण नकर्मीकाे मिलिमताे र संरक्षणमा यस्तो तस्करी भैरहेको स्थानीयले जानकारी दिएका छन् ।


तस्करीको लाइन पाउनेहरूमा सन्दिप यादव , दीपक साह , साेहन यादव , दिनेश यादव , बच्चा यादव उमेश साह र भाेला रहेका छन् । यिनीहरू सबैले कपडाको ठूलो तस्करी गर्दै आइरहेका छन् ।

यी दुबै युनिटहरू नेपाल प्रहरीको इप्रका सिम्राैनगढ र सशस्त्रको बिओपी गाेलागंज मातहत पर्दछन। भारतीय सीमा क्षेत्रमा घाेडासान भन्ने ठाउँ रहेको छ।
नेपाल प्रहरीको इप्रका सिम्राैनगढमा निरीक्षक देवराज काफ्ले प्रमुख छन् भने सशस्त्रको गाेलागंज बिओपीकाे प्रमुखमा निरीक्षक कमल पन्थी रहेका छन् ।


तस्करीको सम्बन्धमा नेपाल प्रहरीको बारा स्थित प्रवक्ता डिएसपी राजेश थापासंग जिज्ञासा राख्दा उनले आंफुलाई थाहा नभएको बताए भने सशस्त्र प्रहरीका एसपी राजेन्द्र थापाले चलेको भए तत्काल नियन्त्रण गर्ने दावी गरे ।
दुबै प्रहरीलाई मासिक पाँच ,पाँच लाख दिने गरि तस्करीको लाइन चलाएको यहांका व्यापारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..