बारामा हत्या गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

बारा । बाराको कलैयामा ७० वर्षका वृद्धको हत्या गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको रामपुर घर भएका ३८ वर्षीय बजरंगी मलाहा छन् ।

जेठ २७ मा मलाहाले बाराको कलैया उप महानगरपालिका वडा नम्बर–९ घर भएका ७० वर्षीय अहमद मियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताए । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी परिसर काठमाडौंको टोलीले मलाहालाई गौशालाबाट पक्राउ गरेका हुन् ।


आफूले राख्न दिएको पैसा फिर्ता नगरेको निहुँमा मलाहाले पिकले हिर्काएर महमदको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी राजेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..