मदिरा काण्डमा तानिए सशस्त्रका एसपी,घुमुवालाई सवारी चालक भनेर लुकाइयाे


काठमाडौ । सशस्त्र प्रहरी बल मुख्यालयले मदिरा काण्डमा एसपी हर्क बिष्टलाई हलचाेक तानेको छ।सुदूरपश्चिम प्रदेशको डाेटी स्थित ३६ नम्बर गणको गणपतिका रूपमा कार्यरत एसपी बिष्ट मदिरा काण्डमा तानिएका हुन । उनी तानिएको कुरा सशस्त्र मुख्यालयले पुष्टि गरेको छ। दैनिक बिहानैदेखि मदिरा सेवन गरेर सुतिरहने र संगठनकाे काममा कुनै ध्यान नदिने गरेको धेरै उजुरी परेपछि उनी कार्वाही स्वरूप तानिएका हुन ।

यसअघि उनी सुर्खेत स्थित रक्तकाली गणको गणपति थिए। त्याहां कार्यरत रहदा पनि मदिरा काण्डमा मुछिएपछि तत्कालीन आइजिपी शैलेन्द्र खनालले तानेका थिए। पछि मदिरा सेवन नगर्ने शर्तमा फेरि डाेटीकाे ३६ नम्बर गणमा खनालले नै पठाएका थिए । तर उनी सुध्रिनुकाे सट्टा त्यही बानीलाई निरन्तरता दिएपछि हालका आइजिपी राजु अर्यालले पनि मदिराकै कारण उनलाई मुख्यालय तानेका छन् ।एमएसी पास गरेका उनी भन्दा जुनियर कुमार न्याैपाने लगायतकाहरू डिआइजी भैसकेका छन् ।उनी तानिए पनि उक्त गणमा काेही एसपी गएका छैनन् , डिएसपीलाई नै निमित्त दिइएको छ।


यसैबीच सशस्त्र प्रहरीमा घुमुवा हटाउने भनिए पनि कतिपय एसपीले आफ्नो ड्राइभर भन्दै राखेर असुलीमा लगाएको कुरा सार्वजनिक भएको छ।कपिलवस्तु स्थित गणका एसपी सुर्यसेन अाेलीले राखेका घुमुवा सहायक हवल्दार नरेश अर्याललाई अहिले ड्राइभर भनेर आइजिपी राजु अर्याललाई झुक्याएर राखेका छन् । जबकि उनले गाडी चलाउन जानेपनि उनी एसपी अाेलीकाे ड्राइभर नभएर घुमुवा हुन । अहिले पनि उनी घुमुवाकाे रूपमा नै परिचालित छन् ।

नरेशकाे भाइ घुमुवा सिपाही मुनिराम अर्याल भने लुम्बिनी प्रदेश स्थित बाहिनीमा तानिएका छन् ।तर नरेश अर्याल भने घुमुवाकाे रूपमा नै कार्यरत छन् । रूपन्देही र पश्चिम नवलपरासीका गरि सात जना घुमुवा सशस्त्र मुख्यालय तानिएका छन् । तानिनेहरूमा असई निलकण्ड , सहायक हवल्दार प्रदिपजंग राणा , सन्निराम चाैधरी लगायतका छन् ।एसपी ओलीले ड्राइभर भनी राखेका नरेश कृष्णनगर क्षेत्रमा घुमुवा थिए भने उनका भाइ मुनिराम एसपीकै घुमुवा थिए।


सशस्त्र प्रहरी बलबाट सूचना संकलनका नाममा सादा पोसाकमा खटिएका ‘घुमुवा’लाई फिर्ता गरिएको छ । उनीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको र सूचना संकलनको प्रणालीलाई फिर्ता गरिएको सशस्त्रले जनाएको छ । सादा पोसाकमा कर्मचारी खटाउने प्रणालीलाई व्यवस्थित बनाउन हाल कार्यरत सबैलाई घुमुवा फिर्ता गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले बताए ।

घुमुवाले गैरव्यावसायिक गतिविधिमा लागेको पाइएकाले पनि उनीहरूलाई सम्बन्धित कार्यालयमै फिर्ता गरेर नियमित ड्युटीमा खटाइएको हो । भ्रष्टाचारमा शून्य सहनशीलताको प्रहरी महानिरीक्षक राजु अर्यालको नीतिअनुसार सादा पोसाकमा खटिएका प्रहरी फिर्ता गरी व्यवस्थित गर्न लागिएको प्रवक्ता खड्काले बताए ।कुनै कार्यालयले सादा पोसाकका कर्मचारी फिर्ता नगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने चेतावनीसमेत सशस्त्रले मातहतका निकायलाई दिएको छ ।

सशस्त्रका सबैजसो बाहिनी, गण, गुल्म र बोर्डर आउट पोस्टका प्रमुखले सादा पोसाकमा घुमुवा खटाउँदै आएका छन् । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका घुमुवा पटक–पटक विवादमा मुछिँदै आएका छन् ।कार्यालय प्रमुखका निकट प्रहरीलाई घुमुवामा खटाउने गरिएको थियो । खासगरी तराईका जिल्लामा खटिने यस्ता घुमुवा गैरव्यावसायिक गतिविधिमा संलग्नसमेत हुने गरेका थिए । सीमा क्षेत्रमा तस्करीका घटनामा सशस्त्रका घुमुवा मुछिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..