अमेरिकी उपविदेशमन्त्री जिया नेपाल आउँदै

काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदै छिन् ।

उनी आज भारत आएर भारतीय शीर्ष नेता एवम् धर्मशालामा तिब्बती धर्मगुरू दलाइ लामासँग भेटवार्ता गर्ने छिन् । भारतबाट उनी नेपाल आउने छिन् । मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरू अगाडि बढाउन’ उनको भ्रमण हुन लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उनले नेपाल भ्रमणबारे अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग कुराकानी गरेकी छन् । उनले लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि यो वर्षको कार्यकालमा भारत र नेपालसँग साझेदारी गर्ने विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । उनको प्रतिनिधिमण्डलमा यूएसएआईडीको एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..