सशस्त्रको सरुवा बढुवाका लागि मापदण्ड बनाई लागू गर्नेछु : नवनियुक्त आईजीपी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी नवनियुक्त महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताएका छन् । 

आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उनले हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभई नीतिले संगठन चलाउने पद्धतिको सुरुवात गरिने प्रतिबद्धता जनाए । 

उनले संस्थागत सुधार अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको कमाण्ड, आचरण पालना, अनुगमन मूल्यांकन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवं लैङ्गिक हिंसा लगायतका विषयहरुलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गर्ने बताए । उनले आर्थिक पारदर्शीतालाई आफ्नो पहिलो प्राथमिकता बनाएर राजश्व संकलनमा अभिवृद्धि र चोरी, तस्करी नियन्त्रणको कामलाई प्रभावकारी बनाउने जनाए ।

‘सशस्त्र प्रहरी बल नेपालको सांगठनिक सुदृढीकरण र विकासका लागि मेरो कमाण्ड अवधारणाअनुरुप नीतिगत, संस्थागत र संरचनागत विषयहरुमा रणनीतिक योजना र कार्ययोजनाको खाका तयार पारेको छु । यसको कार्यान्वयको दौरान गुहमन्त्रालयबाट आवश्यक सुझाव, निर्देशन, सहयोग एवं समन्वयको अपेक्षा राख्दछु । नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिनेछ । हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको शुरुवात गरिनेछ । संस्थागत सुधार अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको कमाण्ड, आचरण पालना, अनुगमन मूल्यांकन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवं लैङ्गिक हिंसा लगायतका विषयहरुलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गर्नेछु । संगठनको इन्स्टीट्युसनल मेमरीलाई प्रविधियुक्त बनाइने र बिदा प्रणालीलाई डिजिटलाइज सिस्टममा लगिनेछ । आर्थिक पारदर्शीता, मेरो प्राथमिकता रहेको छ,’ अर्यालले भने ।

‘राजीव संकलनमा अभिवृद्धि र चोरी तस्करी डेटालाई प्रभावकारी बनाउनु प्रमुख उद्देश्य हुनेछ । वर्क लाइक क्लाइरी एण्ड ब्यालेन्स अन्तर्गत विद्यालयको शैक्षिक क्यालेण्डर अनुरुप जुनियर अधिकृत तथा अन्य दर्जाका कर्मचारीहरुको सरुवा साथै स्टाफ कलेज लगायत अनविार्य तालिममा सहभागी हुनेहरुको वार्षिक सूचि प्रकाशित गर्ने र प्रत्येक वर्ष सरुवा हुनसक्ने कर्मचारीको ट्रान्सफर फरकास्ट प्रकाशित गर्ने योजना रहेको छ । यस प्रणालीको शुरुवातसँगै सरुवामा आउने गरेको अनावश्यक दबावको समेत अन्त्य हुने विश्वास लिएको छु । गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्छ भन्ने कन्सेप्टलाई मन्त्रालयमार्फत नेपाल सरकारसँग यसै अवसरमा जाहेर गर्न चाहन्छु । सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिनेछ,’ उनले भने ।

महानिरीक्षक अर्यालले प्रत्येक वर्ष सरुवा हुनसक्ने कर्मचारीको ट्रान्सफर फरकास्ट प्रकाशित गर्ने र सरुवामा आउने गरेका अनावश्यक दबावलाई अन्त्य गर्ने बताए । उनले गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्नेमा मन्त्रालयको ध्यानाकर्षण गराए । 

अर्यालले सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरी सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिने पनि जानकारी दिए ।

महानिरीक्षक अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको बताएका छन् । 

उनले अहिलेको प्राथमिकता भनेकै स्थानीय तहको निर्वाचन भएकोले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको बताए । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको धारणा राखे ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..