अर्याल सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त

काठमाडौं । सरकारले राजु अर्याललाई सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज सम्पन्न बैठकले एआईजी अर्याललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदैछन् । सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

सशस्त्रमा अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् ।

अर्यालले २०५४ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरू गरेका थिए । २०५८ सालमा शसस्त्र प्रहरी बल स्थापना भएपछि उनी एक दर्जा बढुवा भएर समायोजन भएका हुन् । अर्यालले चार वर्षसम्म सशस्त्र प्रहरी प्रमुखका रुपमा काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..