सशस्त्र प्रहरीमा एसपीका ३० प्रतिशत पद रिक्त

काठमाडौं । सशस्त्र प्रहरीमा एसपीका करिब ३० प्रतिशत पद रिक्त छन् । इन्सपेक्टरहरु १६ वर्षदेखि बढुवा भएका छैनन् । यस्तो अवस्थामा सशस्त्रमा एसएसपीका कतिपय दरबन्दी भने एक वर्षदेखि रिक्त छन् । हालै केही दरबन्दी मिलान गरेर माथिल्लो तहका पदमा बढुवा गरेपनि कतिपय पदमा भने बढुवा हुन सकेको छैन ।

यस्तो अवस्थामा सशस्त्र प्रहरी बलका आइजिपी पुष्पराम केसी भने ३० वर्षे सेवाहदको प्रावधान हटाएर आफ्नो जागिर लम्बाउने चलखेलमा लागेका छन् । तीन हप्ताका लागि आइजिपी बनेका उनी यस्तो धन्दामा लागेपछि संगठनभित्रै उनीविरुद्ध आक्रोश देखिएको छ ।

‘इन्सपेक्टरमा जागिर खाएको १७ वर्ष हुन लाग्यो, अझै बढुवा कहिले हुने टुंगो छैन,’ एक इन्सपेक्टर भन्छन्,‘अझ ३० वर्षे सेवाहद हटाएर हाम्रो बढुवा के होला ?’ स्रोतका अनुसार ३० वर्षे सेवा हटाउन केही बिचौलिया समेत सक्रिय भएका छन् । यसमा ठूलो आर्थिक चलखेल रहेको स्रोत बताउँछ ।

आइजिपी केसीसहित यसमा सशस्त्रका अन्य केही अधिकारी समेत मिलेका छन् । सशस्त्रमा चलखेलकै कारण लामो समयदेखि एसपीका ३० पद रिक्त छन् । जुनियर टोलीका डिएसपीहरुको चलखेलका कारण बढुवा हुन नसकेको स्रोत बताउँछ । एक वर्षदेखि एसपी बढुवाको प्रतिक्षामा रहेका डिएसपीहरुको पीडा संगठनले बुझ्न सकेको छैन ।

तर, सगठनलाई ध्वस्त बनाएर आफ्नो स्वार्थ पुरा गर्ने बाटोमा लागेपछि तीन साताका लागि महानिरीक्षक भएका केसी चरम अलोकप्रिय बनेका छन् । साथै, यो विषयमा चुनावी सरकार समेत बदनाम हुने जोखिम देखिएको छ । चुनावको मुखमा यसरी राजनीति हुँदा चुनावी सुरक्षा समेत प्रभावित हुने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..