सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा एआईजी पुष्पराम केसीलाई बढुवा गर्ने सरकारले निर्णय गरेको छ । 

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वरियतामा एक नम्बरमा रहेका केसीलाई आईजीपीमा बढुवा गर्ने बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले पर्दाफासलाई बताए । उनले यसको औपचारिक जानकारी केही समयमा सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले गराउने तयारी भइरहेको जानकारी दिए ।

अर्का एआईजी रामशरण पौडेल केसीभन्दा वरियतामा पछि थिए । सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले सोमबार अवकाश पाएपछि कार्यकारीको जिम्मेवारी केसीलाई दिइएको थियो । 

केसीको कार्यकाल आगामी १८ वैशाखसम्म हुनेछ । त्यसपछि ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..