रुस–युक्रेन युद्ध : अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने चेतावनी

एजेन्सी । रुस– युक्रेन युद्धका कारण रुस र पश्चिमा देशबीच अन्तरिक्ष अन्वेषण परियोजनामा भइरहेको सहकार्य जोखिममा परेको छ । युद्धका कारण अन्तरग्रह अनुसन्धान र भू–उपग्रहहरूको प्रक्षेपण दुवै प्रभावित भएका छन् भने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा विभाजनको सम्भावना देखिएको बीबीसीले जनाएको छ ।

सन् २००० यता आईएसएस सञ्चालनमा रुस र अमेरिकाको मुख्य भूमिका छ । तर अहिले रुस–युक्रेन युद्धलाई लिएर आईएसएसबारे पनि आरोप प्रत्यारोप भइरहेको छ । रुसी अन्तरिक्ष निकाय रसकोसमसका प्रमुख डिमित्री रोगोजीनले रुसमाथिका प्रतिबन्धहरूका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने अभिव्यक्ति दिएपछि समस्या झनै बढेको छ । रुसले स्टेशनको प्रपल्सन प्रणालीको संवेदनशील पक्षलाई नियन्त्रण गर्छ जसले पृथ्वीको वायुमण्डलतर्फ केन्द्रका संरचनाहरूलाई तानिनबाट रोक्छ ।

यस्तै रुसले अमेरिकी कम्पनीहरूलाई रकेट इन्जिनहरू आपूर्ति गर्न बन्द गर्ने पनि जनाएको छ । अमेरिकी र रुसीहरूले शीतयुद्धको समयमा समेत गरी दशकौँदेखि अन्तरिक्ष मामिलामा सहकार्य गर्दै आएका छन् । यस्तै युद्ध सुरु भए यता रुस र युरोपेली अन्तरिक्ष केन्द्रबीचको समझदारीहरू स्थगन या निलम्बन गरिएका छन् ।

युरोपेली अन्तरिक्ष निकायले अनिश्चितकालीन रूपमा अन्तरिक्षसम्बन्धी आफ्ना कार्यक्रम स्थगित गरेको छ । युरोपेली अन्तरिक्ष निकायले आफ्ना सदस्य राष्ट्रले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..