एक्सनमा एसपी थापा : ११ लाख रुपैयाँ सहित एक हुण्डी करोबारी पक्राउ

सिराहा । ११ लाख रुपैयाँ सहित सशस्त्र प्रहरीले एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी वर्दिवास र सशस्त्र प्रहरी बल नेपाल नं७ गण हे.क्वा.सिरहाको संयुक्त सशस्त्र प्रहरीको टोलीले बिशेष सुचनाको आधारमा अबैध ११ लाख तिन हजार पचास रुपैया नगर सहित साहलाई पक्राउ गरेका छन् ।


सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा.सिराहाका प्रमुख गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाका अनुसार भारतबाट नेपाल आउने क्रम्मा सशस्त्र प्रहरीको टोलीले भगवानपुरबाट पछयाउदै सिराहाको लहान नगरपालिका वडा नं १ मटिर्यवामा पक्राउ गर्न सफल भयो ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाँ.पा.४ जमुवाटोल निवासी राजेन्द्र प्रसाद साहको ४४ वर्षीय छोरा दिलिप कुमार साह रहेको छ । साहको साथबाट सशस्त्र प्रहरीले १ हजारको नोट ८ सय ३ ओटा,५ सयको नोट ४ सय ओटा,१ सयको नोट ९ सय ९९ ओटा त्यस्तै ५० को नोट ३ ओटा गरि ११ लाख तिन हजार ५० रुपैया बरामद गरिएको छ ।

थप अनुसंन्धानका लागि माडर भन्सार कार्यालयमा बुझाईएको एसपी थापाले जानकारी दिए । थापा सिराहा आए देखि सिमानाकाबाट हुने अबैध चोरी पैठारीमा लगाम कसेका छन् भने सशस्त्र प्रहरीमा अनुसासित हुनुका साथै काममा थप उर्जा प्राप्त भएका छन् ।

एसपी थापाले भने अपराधिक गतिविधिमा पर्ने लागुऔषध र हातहतियारको अबैध कार्यमा कुनै सम्झैता नहुने बरु काडा रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..