इटालियन पेस्तोल र गोलीसहित यादव सिराहा प्रहरीको नियन्त्रणमा

सिराहा । सिरहाको धनगढी नगरपालिका वडा नम्बर – ११ स्थित आँप चोकबाट इटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रहमदेव यादव रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

एसपी तिमिल्सिनाका अनुसार उनको साथबाट पेस्तोल, सोमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिनसमेत बरामद भएकोक छ । जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको सन्युक्त प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा यादवलाई पक्राउ गरेको हो ।

यादवमाथि प्रहरीले आवश्यक कारबाही अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..