सेनाकै लापरबाही, द्रुतमार्गका संरचनामा कमजोरी नै कमजोरी !

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ।

संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो।

रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले बताइन्। उनका अनुसार भत्किएको कतिपय स्थलमा मर्मतसमेत गरेको पाइएको छ।

‘वर्षौंसम्म टिक्नुपर्ने एसियन मापदण्डको भनिएको सडक अहिल्यै भत्किने, मर्मत गर्नुपर्ने अवस्था आउनुले निर्माण कमजोरी रहेको स्पष्ट हुन्छ’, सभापति खड्काले भनिन्।

सभापति खड्काले रूख कटानमा पनि समस्या देखिएको बताइन्। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्दा नै ध्यान नदिएको पाइएको खड्काको भनाइ छ।

‘कतिपय स्थानमा सडकलाई चाहिनेजति स्थान नलिएको देखिएको छ’, सभापति खड्काले भनिन्, ‘कामभन्दा बढी तल–माथि भएको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..