सरकारी छाप कीर्ते गर्ने पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो राहदानी बनाई दिने प्रलोभन देखाई ठगी गरेको पाइएको छ । प्रहरी वृत्त कालीमाटीका अनुसार यसरी कीर्ते गरेको फेला परेपछि १२ जनालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको छ ।


पक्राउ पर्नेमा काठमाडौँको गोङ्गबु बस्ने रोल्पाका २९ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने प्रज्वल खड्का, काठमाडौँको सामाखुशी बस्ने बागलुङका रञ्जित कार्की, काठमाडौँको मनमैजु बस्ने म्याग्दीका ३३ वर्षीय रामजी परियार, काठमाडौँको गोङ्गबुकी गोमा बजगाईँ र सोही ठाउँ बस्ने पाल्पाका जीवनकुमार श्रेष्ठ छन् ।


यस्तै काठमाडौँको गौशाला बस्ने रामेछापका ३७ वर्षीय मिठे मगर, ललितपुरका रमेश बजगाईँ, काठमाडौँको माछापोखरी बस्ने काभ्रेपलाञ्चोकका सन्दीप मैनाली, काठमाडौँको धुम्बाराही बस्ने सिन्धुलीका अभिषेक मगर, काठमाडौँको सिनामङ्गल बस्ने दैलेखका निरञ्जन तिवारी र काठमाडौँको कलङ्की बस्ने धादिङका मदन तामाङ पनि पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रहरीले उनीहरूको साथबाट कीर्ते गरिएका चार थान विभिन्न सरकारी कागजात, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवं निजी छाप २० थान थान बरामद गरेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ का ५६ वर्षीय डल्ले कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा रु १८ लाख जरिवाना, पाँच दिन कैद भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत पठाइएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..