ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ


काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दक्षिण कोरियाका एक वृद्ध काठमाडौंबाट पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा दक्षिण कोरिया घर भई काठमाडौं महानगरपालिका-७ लाहुरे टोल बस्ने ७३ वर्षीय राइ सि जुङ छन् । उनले आफू ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै पीडितबाट पैसा ठगी गरेको प्रहरीले जनाएको छ ।


वेल्डिङसम्बन्धी तालिम दिलाएर कोरिया पठाइदिन्छु भन्दै पीडितबाट रकम लिएको तर, कोरिया नपठाएको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्याकुमार महतोले जानकारी दिए ।

पक्राउ गरिएका उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशला पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..