अनलाइनबाट साढे २९ लाख ठगी गरेको आरोपमा पक्राउ


काठमाडौं । विदेशी नागरिकको नामबाट वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मण्दनदेउपुर नगरपालिका-४ काभ्रेपलान्चोकका ३८ वर्षीय गान्दिप गौतम छन् । उनले तपाईंलाई ९० लाखको चिठ्ठा पर्‍यो भन्दै पीडितलाई ठगेको प्रहरीले जनाएको छ ।गौतमले चिठ्ठामा परेको रकम निकाल्न कर तिर्नुपर्छ भन्दै पीडितहरूबाट २९ लाख ४० हजार रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

सुरुमा एसएमएस गर्ने र पछि वाट्सएपमै कल गरेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..