मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु


मोरङ । मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार विराटनगर महानगरपालिका ५ का ४१ बर्षीय बलराम बर्तोला रहेका छन् भने चालक विराटनगरकै १६ बर्षीय कमल भन्ने कुनाल बर्तौला घाईते भएका छन् ।

हिजो दिउसो साँढे २ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश न.०१-०४-००१ प ७१६४ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । उक्त दुर्घटनावाट घाईते भएका बलरामको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने घाईते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..