मोटरसाइल चोरीको आरोपमा ६ जना पक्राउ


झापा । झापाको विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भद्रपुर नगरापलिका-७ का २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका-१ का ३० वर्षीय बिर्ख लिम्बु र भारतको किसनगं‌ज वीरखोरका मोहम्मद समिम छन् ।

प्रहरीका अनुसार गत सोमबार बिर्तामोडस्थित एभरेष्ट बैंकको पार्किङ क्षेत्रबाट मोटरसाइकले चोरी गरी भाग्दै गरेका प्रकाश सहनीलाई पक्राउ गरेपछि उक्त चोरी कार्यमा सं‌लग्न गिरोहका अन्य सदस्यहरूको पहिचान भएको र सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुको साथबाट पाँच थान पल्सर, एकथान अपाचे र एक थान सुपर एक्स्प्लेन्डर गरी ७ थान मोटरसाइकल समेत बरामद गरिएको छ । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट अनुमति लिइसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..