सशस्त्र प्रहरीद्वारा तस्करीका सामान बरामद

बारा । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ९ वीरगंज पथलैया सडकखण्डबाट फागुन २३ गते सशस्त्र प्रहरीले करीव २५ लाख ८ हजार रुपैयाँ बराबरको अवैधसामान बरामद गरेको छ ।

वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ८५९७ नम्बरको कन्टेनरमा जाँच गर्दा बिल बिजक भन्दा फरक उल्लेखित मुल्य बराबरको हार्डवयरका सामान तथा मोटर पार्ट्ससहित उक्त कन्टेनरको चालक तथा सहचालकलाई समेत सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जीतपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला उक्त कन्टेनर समेत बरामद गरिएको छ ।


पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा कन्टेनरसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । बरामद कन्टेनरकोमुल्य २५ लाख रुपैयाँ रहेको छ ।


यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले २०७८ फागुन २३ गते करीव १ लाख १८ हजार रुपैयाँ बरारबको चोरीपैठारीको पेनड्राईभ र मेमोरी कार्ड बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ८ जोरसिमलबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..