बैंकिङ कसूरमा २० लाख जरिवाना तोकिएका युवक पक्राउ


काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका टोखा नगरपालिका-७ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ३४ वर्षीय सुदिप थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत मंसिर १२ गतेको फैसलाले ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं डिल्लीबजारबाट पक्राउ गरेको हो ।


सुदिपले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी २०७६ फागुन ३ गते प्राइम कमर्सिययल बैंकमा रहेको आफ्नो खाताबाट भुक्तान हुने चेक दिएकोमा रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..