बाढीबाट कटान रोक्न पनि खोलाको व्यवस्थापन जरुरी
नगर प्रमुख स्तरिय निर्णयमा दुराशय छैनः मेयर राई

धरान । धरानका खोलाहरुमा वर्सेनी आउने बाढीबाट उर्वरभूमि, बसोबास क्षेत्र समेत कटान गर्ने कारण बुझेर ढुंङगा, गिट्टी निकाल्ने कार्यलाई प्राकृतिक श्रोत दोहनको रुपमा मात्र हेर्न नहुने मेयर तिलक राईले आग्रह गरेका छन् । खोलाको विचमा ढुंगा, गिट्टी थेग्रिएर उचाई बढ्दा किनारबाट बग्ने खोलाले उर्वरभूमि, बासोबास क्षेत्रमा गर्ने कटानको सुरक्षाका लागि निकास बनाउन पनि ढुंगा गिट्टीको व्यवस्थापन गर्न जरुरी हुने कुरा बुभिदिन उनले आग्रह गरेका हुन् ।

धरान उपमहानगरपालिकाव्दारा आइतवार आयोजित सार्वजनिक सुनवाईमा पछिल्लो पटक धरान–५ स्थित अधेरी खोलाबाट ढुङ्गा गिटी निकाल्न नगर प्रमुख स्तरिय निर्णयबाट लगाइएको ठेक्का, ऐन बमोजिम भएको र यस्मा कुनै दुराशय नभएको उनले प्रष्ट पारे । मदन भण्डारी राजमार्गको धरान खण्डका लागि आवश्यक गिट्टी बालुवा उपलव्ध गराउन दिइएको ठेक्का बारे गएको शुक्रवार पत्रकार सम्मेलन गर्दै एमाले पार्टीको तर्फबाट उपमेयर मञ्जु भण्डारीले आपत्ति जनाएकी थिइन् ।

मेयर राईले भने ‘कार्यपालिकाको बैठक नबसेको अवस्थामा नगर सभाले गरेका निर्णयहरुको कार्यान्वयन ऐन अनुसार नगर प्रमुखले गर्नुपर्ने हुन्छ, त्यसै अनुसार काली खोलाको ठैक्का लगाइएको हो ।’ उनका अनुसार प्राकृतिक एवं खानीजन्य वस्तुको विक्री तथा निकासी दुस्तुर संकलन स्थानिय सरकार सञ्चोलन ऐन २०७४ को दफा ११ बमोजिम नगरपालिकाको अधिकार रहेको र दफा १६ को ४ (क) बमोजिम नगरसभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रणको अधिकार नगर प्रमुखलाई हुने भए अनुसार नगर प्रमुख स्तरिय निर्णयबाट उक्त कार्य भएको हो ।’

धरानका खोलाहरु ठेक्का लगाउने र ठेक्काको दररेट कबोल अंक नगरसभाले निर्णय गरे अनुसार भएको बताए । धरानका खोलाबाट निकालिने खनिजको गुणस्तर अनुसार कुनैमा थोरै परिमाणको धेरै रकम र कुनैमा धेरै परिमाणको थोरै रकममा कबोल हुँदै आएको तथ्यांक पनि सार्वजनिक गरे । तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ठेक्का आव्हान भएको ४ वटा खोलाको परिमाण र कबोल अंक फरक फरक छन् ।

सार्वजनिक जानकारी दिइएको तथ्यांक अनुसार सेहरा खोलामा ८० हजार ७८३ घनमिटरका लागि कबोल अंक २ करोड १५ लाख रुपया तोकिएको छ । सेउती खोलामा ७३ हजार ९१२ घनमिटर, ३ करोड ९९ लाख, सर्दुखोला ६७ हजार ३०३ घनमिटर २ करोड ५० लाख र पटनाली खोला १८ हजार २४० घनमिटरको लागि ६९ लाख रुपया कबोल अंक तोकिएको छ ।

उपमहानगरपालिकाले ई–टेण्डर मार्फत आव्हान गर्ने ठेक्काहरु कतिपय ठेकेदारहरुको मिलेमतोको कारण ठेक्का स्विकृत भएपनि सम्झौता गर्न नआउने गरेका छन् । त्यस्तो अवस्थामा घटी अंकका ठेकेदारलाई दिनुपर्ने बाध्यताको सामना गर्नु परेको पनि उनले बताए । मेयर राईका अनुसार गएको आर्थिक वर्ष २०७६÷७७ मा सेहरा, सर्दु र पटनाली खोलालाई एकमुष्ट प्याकेज बनाई न्युनतम ३ करोड ३२ लाख रुपया कबोल अंक कायम गरी ठक्का आव्हान गरिएको थियो ।

उक्त ठेक्का सबै भन्दा बढी ५ करोड ९१ लाख रुपयामा एक ठेकेदारले टेण्डर हालेका थिए । उक्त अंकको टेण्डर लाई उपमहानगरपालिकाले स्विकृत ग¥यो । ठेक्का स्विकृत गरिएकालाई सम्झौता गर्न बोलाइएकामा ती ठेकेदार सम्झौता गर्नै आएनन् । दोश्रो ठेक्का अंक २ करोड ४१ लाख रुपया थियो । पहिलो रकम अंक र दोश्रो अंक विच ठूलै रकमको अंक फरक भएकोले दोश्रो कबोला अंकलाई पनि ठेक्का नदिई पूनः ई–टेण्डर आव्हान गरिएको थियो ।

दोश्रो पटक आव्हान गरिएको टेण्डरमा कसैले पनि टेण्डर नहालेकोले ठेक्का नै लाग्न नसक्दा उपमहानगरपालिकाले ठूलो राजश्व गुमाउनु परेको थियो । यस्तो अवस्था पूनः दोहोरिने सम्भावना भएकाले मदन भण्डारी राजमार्गको लागि माग भैआएकाले कालिखोलको ठेक्का नगर प्रमुख स्तरिय निर्णयबाट दिइएको हो । उनले भने ‘ठेकेदारहरुको मिलेमतोको कारण उपमहानगरापलिकालाई आउने आम्दामीमा ‘भुईको टिप्न खोज्दा पोल्टाको पनि पोखिने’ अवस्था आउनबाट जोगिने काम गरिएको हो ।’

धरानमा नियम र कानुनको दायरामा रहेर उपमहानगरपालिकाले लगाउने खोला ठेक्कालाई खोला दोहनका रुपमा मात्र हेर्ने गरिएको कुरा अवैज्ञानिक भएको बताए । खोलामा वर्सेनी आउने बाढीले किनारको धरानबासीको नम्बरी जग्गा, उर्वरभूमि, बसोबास क्षेत्र कटान गर्दै आएको सबैलाई थाहा भएको बताउँदै बाढीले ढुंगामाटो थुप्राएर खोलाको विच भाग ५ मिटर सम्म अग्ले बनाउने गरेको पाइएकोमा ध्यानाकर्षण गराए । विचभाग अग्लो भएपछि किनारमा बग्ने खोलाले जमिन कटान गर्दै आएको बताउँदै उनले भने ‘खोलाई बग्दै आएको बाटोमा फर्काउन पनि विचभाग बाट ढुङगागिट्टी निकाल्ने व्यवस्थापन गर्नुपर्दछ ।’ खेला ठेक्का सुरक्षाको व्यवस्थापन पनि हो भनेर बुझिदिन उनको आग्रह थियो ।

पहाडि क्षेत्रबाट बगाएर ल्याई नदिजन्य उत्पादनको धरान मुख्य केन्द्र भएकोले यस्को उचित उपयोगको व्यवस्थापन उपमहानगरपालिकाले गर्नु पर्ने उनले बताए । वर्सेनी आउने बाढीले ल्याउने ढुंगा, गिट्टीको उपयोग नभए नदिजन्य बस्तु बगेर तलतिर जाने, थुप्रिएमा किनार कटान गरेर फराकिलो बगर बट्ने तथ्यलाई विर्सन नहुने उनको भनाई छ । उनले भने ‘धरानले उपयोग गरेन भने बगेर जाने तल्लो क्षेत्रले यस्को उपयमो गर्ने नै हो ।’ तसर्थ खोलाजन्य वस्तुको उपयोगका बारेमा वैज्ञानिक धारणा बनाउन जरुरी भएकोमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..