प्रधान सेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता


काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणनबीच भेटवार्ता भएको छ ।नेपाल भ्रमणमा रहेका लेफ्टिनेन्ट जनरल अनन्थनारायणनबीच जंगी अड्डामा भेटवार्ता भएको हो ।


नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार महारथी शर्माको कार्यालयमा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

नेपाली सेनाले यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..