श्रोत खुलाउन नसकिएको नेपाली रुपैयाँसहित दुई जना पक्राउ


रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका ७ स्थित सीमा ईलाकाबाट फागुन ४ गते सशस्त्र प्रहरीले करीव ९ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कटहरिया नगरपालिका ७ बस्ने १८ वर्षिय सरोज आलम र १७ वर्षिय राजा हुसेन छन् ।

भारतबाट नेपालतर्फ प्र २–०३–०११ प १६३१ नम्बरको मोटरसाईकलमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी सरमजुवाको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..