बीमा कम्पनीको ठगी धन्दा मौलायो

काठमाडौं । बैंक र फाइनान्सको मिलोमतोमा बीमा कम्पनीले पछिल्लो समय हरेक सरकारी पक्षलाई पनि आफ्नो मुट्ठीमा लिदै सर्वसाधारणलाई बीमा गराउन बाध्य पार्दैछन् । सरकारी कर्मचारीलाई कमिशनको प्रलोभन देखाई बीमा कम्पनीले सर्वसाधारणलाई बीमा गर्न पारेका हुन् । बैंक र फाइनान्सका अध्यक्ष, बीमा संस्थानका सञ्चालक र सरकारी कर्मचारीको मिलोमतोमा जनता लुट्ने काम भइरहेको छ ।

बीमा कम्पनीहरुले सरकारी कर्मचारी र बैंक र फाइनान्सका सञ्चालकहरुलाई प्रलोभनमा पारी सरकारबाट बीमा नगराएका सवारी साधनको नामसारी र रोडपरमिट नवीकरण नहुने निर्णय गराए । निजी, सरकारी, संस्थान तथा भाडाका सबै गाडीमा लागु हुन्छ । नामसारी र रोडपरमिट नवीकरण गर्ने बेलामा सरकारी पक्षले बीमा गराएको कागजात माग्छन् ।

बीमा पोलेसीदेखि लिएर म्याद सबै हेरिन्छ । आज म्याद सकिएको छ भने सो सवारी नवीकरण हुँदैन । सरकारी पक्षले पहिले बीमा नवीकरण गराएर आउनु अनि मात्र रोडपरमिट नवीकरण गर्छांै भनेर फिर्ता गर्छन् । नयाँ गाडी बिक्री गर्ने अटोसोरुमहरुले बीमा कम्पनीसँग कमिशन खाएर गाडी खरिदकर्तालाई महँगो शुल्कमा बीमा गराउँछन् ।

यता, जसले घरजग्गा, गाडी, शेयर धितो राखेर वित्तीय संस्थाहरुबाट कर्जा लिन खोज्छन् उनीहरुलाई पनि बीमा अनिवार्य गरिएको छ । बीमा नगरेका अचल सम्पत्तिलाई वित्तीय संस्थाले कर्जा दिंदैनन् । कुनै पनि अचल सम्पत्तिको मूल्यांकन गर्दा एक करोड निस्कियो भने बैंक र फाइनान्सले जम्मा ३५ लाख कर्जाको सिफारिस गर्छ ।

कर्जा दिएबापत सेवाशुल्क ३ प्रतिशत दिनुपर्छ । यता, वित्तीय संस्थाका अध्यक्षलाई घुस पनि खुवाउनुपर्छ । मासिक व्याज १४ देखि २० प्रतिशत तोकिएको हुन्छ । किस्ता तिर्न ढिलो भयो भने पेनाल्टी र हर्जाना छुट्टै छ । सर्वसाधारणको पैसा बैंक र फाइनान्समा लगेर राख्दा मासिक चारदेखि पाँच प्रतिशत व्याज पाइन्छ । तर, जसले आफ्नो करोडको सम्पत्ति ३० लाख रुपैयाँ कर्जा लिनलाई पास गर्दिछन् । बैंक र फाइनान्सले सो सम्पत्ति आफ्नो नाममा लगिरहेको हुन्छ र रोक्का राख्छ । मासिक किस्ता बुझाउन सर्तमा बैंक र फाइनान्सले कर्जा दिएको हुन्छ । तीन किस्ता तिर्न सकेन भने पत्रिकामा निकालेर कालोसूचीमा अकित गर्छ ।

३० लाख रुपैयाँ कर्जा दिएर करोडको सम्पत्ति हडप्न खोज्नु वित्तीय संस्थाको दाउपेच हो । ३० लाख कर्जा लिएर ३५ लाख मात्र के पुग्न लागेको हुन्छ वित्तीय संस्थाले ऋणीलाई धितो लिलाम गर्न दबाब दिन थाल्छ । कर्जा दिने बेलामा १०, १५, २५ वर्षे किस्ता भनेर दिन्छ तर तीन किस्ता तिर्न नसक्दा बैंकको दादागिरी सुरु हुन्छ ।

३० लाख रुपैयाँ कर्जा लिंदा एक लाख रुपैयाँ त बीमा गर्दै सकिन्छ । बीमा कम्पनीलाई तिरेको एक लाखको ४० प्रतिशत बैंक र फाइनान्सले पाउँछ । सम्पत्ति रोक्का गरिसके पनि कमिशनको लोभमा वित्तीय संस्थाहरुले बीमा नगरीकन पैसा दिंदैनन् । आफ्नो कमिशनको लागि बैंक र फाइनान्सबाट कर्जा लिनेलाई बीमा गराउन बाध्य पारिन्छ ।
एकचोटि बीमा गराइपछि त्यसको म्याद त १० वर्षको हुनुपर्ने हो । तर, बर्षैपिच्छे बीमा नवीकरण गर्नुपर्छ । नवीकरण गर्न एकदिन मात्र ढिलो भयो भने भएको क्षतिको परिपूर्ति बीमा कम्पनीले दिंदैन ।

बीमा कम्पनीले हरेक अचल सम्पत्तिको बीमा रकम आफैंले तोकका छन् । त्यो सरकारले निर्धारण गरेको रेट पनि होइन, बीमा कम्पनीले आफ्नो मनमर्जीले राखेर रेट हो त्यो । सरकारलाई दबाउँदै बीमा कम्पनीले आफूखुसी बीमा कम तोकको छन् । महँगो रकम लिएर यसरी सर्वसाधारण ठग्दाखेरि पनि अर्थ मन्त्रालय र नेपाल सरकार मौन बसेको छ । सम्बन्धित निकाय देखे पनि नदेखेजसरी बसिरहेको छ ।

सरकारले बीमा रकम तोकिदिदाँ सर्वसाधारणलाई केही हदसम्म राहत हुन्छ कि ? आफूलाई मनग्य फाइदा हुने मूल्य बीमा कम्पनीले तोकेको हुन्छ । यसलाई मध्यनजर गर्दै सरकारले बबीमा रकम तोक्नुपर्ने होइन ? केही कारणबस बीमा गराएका व्यक्तिका सम्पत्तिमा केही क्षति पुग्यो भने बीमा कम्पनीबाट रकम लिनलाई बर्षौं लाग्छ । पैसा दिन नपरोस् भनेर बीमा कम्पनीले विभिन्न बहाना बनाउँछन् । क्षतिपूर्ति दिनुपर्छ भनेर हजारौं कागजात जुटाउन लगाउँछन् । दुर्घटना भएको सम्पत्तिको नवीकरणदेखि प्रहरी रिपोर्टसमेत देखाउनुपर्छ । क्षतिपर्ति पाइहाले पनि एकदमै थोरै रकम हुन्छ । त्यस्तै, गाडी साहुहरुले सार्वजनिक यातायातको बीमा गराउँदा यातायात महासंघका नेताहरुलाई कमिसन दिइएको हुन्छ । बीमा कम्पनीले महासघका नेताहरुलाई कमिसन दिन्छ तर गाडी साहुहरु हेरेको हेर्यै ।

गाडी दुर्घटनामा परेर क्षति पुगेको खण्डमा समेत गाडीधनीहरुले बीमा रकम पाउँदैनन् । तर, महासंघका नेताहरुले बर्षैपिच्छे कमिसन खाइरहेका हुन्छन् । यातायात व्यवसायीलाई जुन बीमा कम्पनीले बढी कमिसन दिन्छ त्यहीँ लगेर गाडीधनीलाई बीमा गराउन लगाइन्छ ।

सर्वसाधारणको सम्पत्तिको सुरक्षाको लागि नभई कमिशनको लागि बीमा गराइन्छ । बैंक, फाइनान्स र वित्तीय संस्थादेखि सरकारी कर्मचारी सबैले बीमा कम्पनीबाट कमिसन खानका लागि सिधासादा जनतालाई बीमा गराउन लगाइरहेका छन् । जनतालाई क्षतिको रकम दिनुको साटो बीमा कम्पनीले बैंक, फाइनान्सर व्यक्तिलाई कमिसन दिएर बीमा गर्न लगाएका छन् ।

बीमा कम्पनीले आफ्नो खल्तीबाट बैंक, फाइनान्स लाई कमिसन दिनुपर्ने होइन । आखिरी बीमा गराउनेले बीमा गराएको रकमबाट कमिसन दिने त हो । तर, डुब्ने बेला सिधासादा जनता डुबेका छन् । यता, सरकारलाई आफ्नो हातामा राखेर सबैलाई बीमा गराउन बाध्य पारियो । बैंक, फाइनान्समा अचल सम्पत्ति धितो राखेर पनि कर्जा लिनलाई बीमा गराउनैपर्ने भयो । सवारीसाधनमा पनि विमा गर्नैैपर्ने गरिएको छ ।

यी दुई निर्णयले बीमा कम्पनीलाई सफल तुल्याइदियो । कुनै पनि सर्वसाधारणले बीमा गराउनु भनेको वालुवामा पानी हाले सराह हो । एकातिर क्षतिपूर्ति पनि पाइँदैन अर्कोतिर बर्षैपिच्छे नवीकरण गर्नुपर्छ । ऋण लिने मान्छेको खाताबाट वित्तीय संस्थाले बीमा कम्पनीलाई नवीकरणको रकम बुझाउँछ । तर, ऋणीलाई थाहै हँुदैन । बैंक–फाइनान्सले ऋण खाने मान्छेलाई घर न घाटको बनाउँछ । करोडपतिलाई रोडपति बनाउन वित्तीय संस्थाले एकछिन पनि लगाउँदैनन् । आफ्नो सम्पत्तिको बीमा कुन कम्पनीमा लगेर गर्ने भन्ने अधिकार सम्पत्तिवालको भए पनि उनीहरुले पाउँदैनन् । किनकि बैंकहरुले नभनीकन बीमा रकम तिरेका हुन्छन् ।

पछि त्यसको सावाँ ब्याज चुक्ता गरेर मात्र धितो फुक्का गर्न मिल्छ । बीमा कम्पनीहरुले सबैलाई आफ्नो पक्षमा लिएर निर्णय गराउँदा जनता ठगिएका छन् । तापनि सरकारले अनुगमन गरेको छैन । क्षतिपूर्ति पाइएला भनेर हरेक क्षेत्रका व्यवसायीहरुले बीमा गराएका छन् ।

उड्नेदेखि लिएर गुड्नेको समेत बीमा गराइएको छ । एउटा सानो पसलेले समेत पछि केही भइहाल्यो भने बीमा रकम पाइएला भन्ने आशमा बीमा गराएका छन् । तर, बीमा कम्पनीले क्षति भए पनि क्षतिपूर्तिको रकम दिदैनन् । दुर्घटना भएर बीमा कम्पनी गुहार्दा पनि क्षतिपूर्ति नपाउँदा यी कम्पनीले सर्वसाधारणको विश्वास गुमाइसकेका छन् ।

बीमा रकम पाउन बर्षौं कुनुपर्ने त्यहीँमाथि झन्झटिलो प्रक्रिया । विभिन्न पोलिसी ल्याएर बीमा कम्पनीहरुले अहिले पनि जनता ठग्ने कार्य जारी राखेका छन् । नेपालमा कोरोना महामारी सुरु भएपछि बीमा कम्पनीको कोरोना बीमा गरायो । तर, पछि कोरोना लागेकाले पनि निःशुल्क उपचार पाएनन् ।

यता, कोरोना लागेर निधन भएकाहरुले पनि क्षतिपूर्ति पाएनन् । वर्षमा हामीले यति नाफा कमायांै भनेर छाती ठोक्छन् । जनता ठगेपछि नाफा कमाउनु त्यो सामान्य नै हो । नेपालमा यस्तो कोरोना फैलिदा पनि बैंक–फाइनान्सहरु हाम्रो नाफा यति छ भनेर गर्व गर्छन् । डिपोजिट राख्ने र कर्जा लिने दुवैलाई अध्यारोमा राखेपछि नाफा कमाइहालिन्छ ।
अर्थतन्त्र धरासायी बनिसक्यो भनेर अर्थविद्हरु बारम्बार भनिरहेका छन् । कर्जा लिन जाने मानिसहरु रित्तो हात फर्किरहेका छन् । तापनि, वित्तीय संस्था यति नाफा भयो भनेर झुटो विवरण सार्वजनिक गर्छन् । बजारमा पैसा नभएर मानिसहरुले घरजग्गा, शेयर, गाडी किन्न छोडिसकेका छन् ।

कोरोना महामारीका कारण सर्वसाधारण बेरोजगार छन् । पैसाको समस्या उत्तिकै छ । यस्तो बेलामा पनि शेयरको मूल्य बढ्यो भनेर झुटो प्रचार गरिएको छ । नयाँ खरिदकर्तालाई शेयरमा लगानी गर्न लगाएर डुबाइरहेका छन् । बैंक–फाइनान्स र बीमा कम्पनीको मिलोमतोमा कतिञ्जेल जनता ठग्न दिने सरकार ? जनतालाई बीमा गर्न कतिसम्म बाध्य पारिएको छ । यसको अन्त्य गर सरकार ।अनुसा थापा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..