नक्कली नेपाली रुपैयाँ सहित शाह सशस्त्र प्रहरीको नियन्त्रणमा


बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका २ स्थित नयकाटोल ईलाकाबाट २०७८ माघ १८ गते सशस्त्र प्रहरीले नेपाली रुपैयाँ १ हजारको २ सय ९६ वटा नक्कली नोट र नगद १२ हजार १ सय ४५ रुपैयाँसहित एक जनालाई पक्राउ गरेको जानकारी दिएकाे छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको मौनापुर नगरपालिका ४ बस्ने ३२ वर्षीय किशोरी शाह रहेका छन् ।


ना २ प १९७८ नम्बरको मोटरसाईकलमा सवार निज शाहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला पारेको हो । त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ ।

पक्राउ परेका शाहलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..