एमसीसी पास नगर्न भन्दै प्रधानमन्त्रीसहित नेताका नाममा भीम रावलकाे खुला स्मृति-पत्र

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पास नगर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित केही नेताहरुका नाममा खुला स्मृति–पत्र लेखेका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा बुँदागत रुपमा लेखिएका स्मृति–पत्र पढ्दै कुनै पनि हालतमा नेपालमा एमसीसी नेपालमा पारित नगर्न रावलले भनेका छन् ।

उनले भनेका छन्, ‘आजसम्म कुनै पनि देशसँग भएका सम्झौता संसदमा अनुमोदनका लागि पेश भएका वा पारित भएका छैनन् । एमसीसीसँगको सम्झौतामात्र त्यसो गर्नुपर्ने किन ? यदि यो सम्झौता संविधानको धारा २७९ अन्तर्गत अनुमोदन गर्र्नुपर्ने हो भने दुई तिहाइ बहुमतको आवश्यकता हुन्छ । नेपालले अन्य देशहरुसँग पनि पूर्वाधार विकासको लागि ठूलो ऋण र अनुदान लिने गरेको छ । अरु देशले पनि अब उप्रान्त सम्झौता नेपालको संसदबाट अनुमोदन हुनुपर्ने माग गरेमा के हुन्छ ? यसको उत्तर नेपाली जनतालाई दिनुपर्छ कि पर्दैन ?’

नेता रावलले दुई स्वतन्त्र देशहरुका बीचमा पारस्परिक समानता र हितमा आधारित नभई असमान रहेको पनि खुला पत्रमार्फत भनेका छन् । यस योजना एमसीसीको सहभागिता र मार्गनिर्देशनमा नेपाल ग्रोथ डाइग्नोस्टिक भन्ने प्रतिवेदन तयार पारेर त्यसैको आधारमा गरिएको पनि उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..